राजनीति

पूर्वमन्त्री साह भ्रष्टाचारी ठहर, चार वर्ष जेल सजाय

Banner

काठमाडौं,फागुन १५-

विशेष अदालतले पूर्व राज्यमन्त्री सञ्जयकुमार साह ‘टक्ला’ लाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर गरेको छ। बिहीबार विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशले साहलाई जेल सजाय र जरिबानाको फैसला सुनाएको हो। जनकपुर बम काण्डमा मुछिएका साह हाल जेलमै छन्।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले साहलाई भ्रष्टाचार मुद्दामा चार वर्ष कैद, १९ करोड ४४ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ ९० पैसा जरिवाना र सोही बराबरको बिगो जफत हुने फैसला भएको जानकारी दिए। भ्रष्टाचारमा जेल र जरिवाना तोकिए पनि सम्पत्ति शुद्धीकरण मुद्दामा भने दोषी ठहर भई सजाय तोक्न बाँकी रहेको जानकारी पाण्डेले दिए।

साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी ३१ करोड ५० लाख रुपैयाँ गैरकानुनी (अकुत) सम्पत्ति आर्जन गरेको अभियोगसहित मुद्दा दायर गरेको थियो।  एमाले सरकारमा माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेला साह भौतिक योजना तथा निर्माण राज्यमन्त्री थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>