राजनीति
प्रधानमन्त्री ओलीले भनेः मर्न तयार छु तर झुक्दिनँ
०

काठमाडौं,फागुन १५-
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मर्न तयार भएपनि भ्रष्ट नहुने प्रतिबद्धता जनाएका छन् । काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘म मर्न तयार छु तर झुक्दिनँ र भ्रष्ट हुन्नँ भन्ने प्रतिबद्धता जनाएको छु ।’
पार्टीलाई बद्नाम गर्ने र नेतृत्वको चरित्र हत्या गर्ने काम भइरहेको ओलीले बताए । ‘पार्टीलाई बदनाम गर्न, सरकारलाई बदनाम गर्न र नेताहरूको चरित्र हत्या गर्न शुरू भइसकेको छ,’ उनले भने, ‘आन्दोलनलाई बदनाम गर्ने षड्यन्त्र हो कि केही सत्यता छ त्यसमा ? सत्यता छ भने कारवाही हुन्छ ।’
सरकारले भ्रष्टाचारको बाटो समाउँछ भन्ने चिन्ता नगर्न प्रधानमन्त्री ओलीले नेता कार्यकर्तालाई आग्रह गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























