राजनीति
नाकाबन्दी भन्न नसक्ने काँग्रेसले केकमा राष्ट्रवाद खोज्योः प्रधानमन्त्री ओली

काठमाडौं,फागुन १५-
प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले केकमा राष्ट्रवाद खोज्न थालेको आरोप लगाएका छन् । जन्मदिनका दिन यती समूहको प्रायोजनमा केक काटिएको र पार्टी आचारसंहिता विपरीत भएको भन्दै आलोचना भइरहेका बेला अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गर्ने केही विषय नपाएका बताए ।
वाग्मती प्रदेश कमिटीले बिहीबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ओलीले भने, “पत्रकारहरू दुर्गम गाउँमा बाटो, पानी बत्ती पुगेको लेख्दैनन् । बत्ती आएको खुसीयालीमा जनता नाचेको लेख्दैनन् । कतिको भात खाए भनेर खोज्दै हिँड्छन्, त्योचाहिँ लेख्छन् ।”
उनले नेपालको नक्सा राखिएको केक काट्दा देश काटिएको रूपमा बुझिएको भन्दै युट्युव खोलेर अरू देशका चलनचल्ती हेर्न आग्रह गरे । “युट्युव खोल्नुहोस्, त्यहाँ मोदीको तस्बिर पनि आउँछ । मन परेको चिज केकमा राखेर काट्ने चलन नै हो । मेरो तस्बिर पनि केकमा राखेर काटेका छन् । मै काटिएँ त !,” उनको ठट्यौली थियो । उनले प्रतिपक्षीले विरोधको मुद्दा नै नपाएपछि केकमा राष्ट्रवाद खोज्न थालेको आरोप लगाए ।
“भारतले नाकाबन्दी लगाउँदा बोलने । आफू भोकभोकै पर्दा पनि बोलेन । चुल्हो नबल्दा बोलेन । अहिले केकमा राष्ट्रवाद खोज्न थालेको छ । नेपाली कांग्रेस केक राष्ट्रवादी हो ।
























