राजनीति

पार्टी एकताबाट मत मिल्यो तर मन मिलेनः इश्वर पोखरेल

Banner

काठमाडौं,फागुन १५ –

उपप्रधानमन्त्री एवम् नेकपाका नेता ईश्वर पोखरेलले पार्टी एकताले अप्ठ्यारो स्थिति सिर्जना भएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतको आचरणले वर्तमानमा समस्या ल्याएको दाबी गरे । उनले भने, ‘विगतले केही दिनेवाला छैन । विगतले शिक्षा मात्र दिने हो । पार्टी एकताबाट मत मिल्यो तर मन मिलेन । एकतामा एताउता गर्ने कुरा स्वीकार्य छैन ।’

पोखरेलले सही विचारबाट निर्देशित नभएको पंक्ति दिशाविहीन हुने बताउँदै दुवै पार्टीको विचार अङ्गाल्दा समस्या आएको बताए । उनले भने, ‘त्यसैले पार्टी एकताले अलि अलि अप्ठ्यारो भएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>