राजनीति

वामदेवको ‘इन्ट्री’सँगै अर्थमन्त्री बाहिरिने पक्का

Banner

काठमाडौँ, फागुन १४-

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले उपाध्यक्ष वामदेव गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेसँगै अर्थमन्त्री युवराज खतिवडा अर्को सातादेखि मन्त्री रहने वा नरहने अनिश्चित भएको छ ।

नेकपा सचिवालय बैंठकले आगामी २० गतेबाट रिक्त हुन लागेको राष्ट्रिय सभाको मनोनीत सदस्यमा वामदेव गौतमलाई लैजाने निर्णय गरेको छ । वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्ने भएसँगै अर्थमन्त्री युवराज खतिवडा सांसद नबन्ने निश्चित भएको छ ।

उनी राष्ट्रिय सभाको मनोनीत सदस्य नबन्ने निश्चित भएसँगै अर्थमन्त्रीबाट पनि बाहिरिने भएका छन् । अगामी २० गतेबाट राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिन लागेका अर्थमन्त्रीलाई निरन्तरता दिने आधार सकिएको छ । सांसद पद नरहेको व्यक्ति मन्त्री नरहने संविधानको व्यवस्थाले २० गतेबाट उनको मन्त्री पद पनि सकिने भएको छ ।

यदि उनलाई मन्त्रीमा निरन्तरता दिनु परेमा पनि पुनः नियुक्त गरेर राष्ट्रपतिबाट सपथ खुवाउनुपर्ने हुन्छ । यस्तै मन्त्री बनेको ६ महिनाभित्र संघीय संसद प्रतिनिधि सभा वा राष्ट्रिय सभाको सदस्य बन्नुपर्ने हुन्छ । तर, त्यसका लागि कुनै बाटो नरहेकाले अर्थमन्त्री बाहिरिने निश्चित भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>