राजनीति

भङ्ग भयो नेकपाको संविधान संशोधन कार्यदल

Banner

काठमाडौं, १४ फागुन ।

गठन नै नभएको भनेर दावी गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अन्ततः माधव कुमार नेपाल संयोजकत्वको कार्यदल भंग गरेको छ ।

नेकपाले गोप्य ढंगले बनाएको उक्त कार्यदलमा राखिएका सदस्यद्वय सुवास नेम्वाङ र खिमलाल देवकोटाले समेत अमुक व्यक्तिको अभिलासा पूरा गर्न संविधान संसोधन गर्ने कार्यदलमा नबस्ने बताएपछि नेकपा सो निर्णयबाट पछि हट्न बाध्य भएको हो ।

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । तर कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा कार्यदलमा बस्न तयार भएनन् ।

साथै पार्टीभित्र र बाहिर पनि संविधान संशोधनको चर्को आलोचना भएपछि कार्यदललाई निष्कृय बनाउने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल क्रियाशील नहुने जानकारी दिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>