राजनीति
प्रदीप ज्ञवालीले भने – संविधान संशोधन बेमौसमी बहस
०

काठमाडौं, फागुन १४-
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने प्रयास बेमौसमी बहस भएको बताएका छन् ।
स्विट्जरल्यान्ड पुगेका मन्त्री ज्ञवालीले ट्वीट गर्दै के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो ? भन्ने प्रश्न गरेका छन् ।
उनले लेखेका छन्- कमरेडहरू, गत निर्वाचनमा हामीमाथि जनविश्वासको आधार थियो-स्थिरता र समृद्धिको अपिल। तर कहिले आलोपालो प्रम त कहिले शासन प्रणाली परिवर्तन, अनि राष्ट्रियसभा सदस्य पनि प्रम हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहस। के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो ?
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























