राजनीति

बाबुरामको पालामा काठमाडौंको १७२ रोपनी जग्गा व्यक्तिका नाममा

Banner

काठमाडौं,फागुन १३-

नेपाल सरकारले नेपाल ट्रष्टको नाममा देशभर रहेको सम्पत्तिसम्बन्धी श्वेतपत्र सार्वजनिक गरेको छ। नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरेर श्वेतपत्र जारी गरेका हुन्। उनले श्वेतपत्रमार्फत ट्रष्टको चल–अचल सम्पत्ति सार्वजनिक गरेका हुन्। जारी श्वेतपत्रमा नेपाल ट्रष्टको नाममा देशका विभिन्न १० बढी जिल्लामा २१ हजार पाँच सय ६२ रोपनी जग्गा र अन्य सम्पत्ति छ।

श्वेतपत्रमा उल्लेख भएअनुसार काठमाडौँ उपत्यकामा मात्रै ४ हजार ४४२ रोपनी जग्गा ट्रष्टको नाममा छ। बाबुरामको पालामा व्यक्तिलाई सरकारले जारी गरेको श्वेतपत्र अनुसार काठमाडौंको मातातीर्थस्थित विभिन्न कित्तामा विभाजित १७२ रोपनी जग्गा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको पालामा व्यक्तिको नाममा गएको खुलेको छ।

नेपाल ट्रष्टले गुमाएको उक्त १७२ रोपनी १५ आना जग्गा फिर्ता ल्याउन सरकारले आवश्यक पहल थालेको मन्त्री पोखरेलले जानकारी दिए। बाबुराम प्रधानमन्त्री तथा विजयकुमार गच्छदार गृहमन्त्री (नेपाल ट्रस्टका अध्यक्ष) भएका बेला २०६९ कात्तिक २ गते थानकोट, मातातीर्थ, सतुंगल र बालाजु क्षेत्रको जग्गा मोहीको नाममा गर्ने निर्णय भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>