राजनीति
पोखरामा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउन खोज्ने ६ जना पक्राउ
०

कास्की फागुन १२-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा आएका
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र काँग्रेस निकट नेविसंघका कार्यकर्ताले कालोझण्डा देखाउने प्रयास गरेका थिए ।
पोखरास्थित जनप्रिय क्याम्पस नजिकै उनीहरुले नाराबाजी गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोजेपछि पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा समाजवदीका विद्यार्थी युनियनका विशाल तिमिल्सिना, नेत्र चापागाईं लगायत ४ जना रहेका छन् ।
यस्तै नेविसंघ निकट भीरध्वज जङ्ग पौडेल (जिएमसी उपाध्यक्ष) र असिम पौडेल पनि पक्राउ परेका छन् ।
सोमबार नेकपाको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम पोखराको सभागृहमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























