राजनीति

प्रहरीलाई नेविसंघको चेतावनीः काँग्रेस सरकारमा आएको दिन फुली खोस्छौं

Banner

काठमाडौं,फागुन ९-

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले शुक्रबार राजधानीमा आफूविरुद्ध प्रहरी प्रशासनबाट भएको धरपकडको विरोधमा प्रदर्शन गरेको छ । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै काठमाडौंस्थित प्रदर्शनीमार्गमा भएको आन्दोलनमा प्रहरीको धरपकडबाट नेविसंघ अध्यक्ष र चार जना महामन्त्रीसहित दजनौँ नेता कार्यकर्ता घाइते भएका थिए ।

त्यसको विरुद्धमा नेविसंघले शुक्रबार प्रदर्शनीमार्गमा गरेको बृहत् विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघ अध्यक्ष राजीव ढुंगानाले शान्तिपूर्ण प्रदर्शनमा दमन गर्ने प्रहरी अधिकृतको फुली खोस्ने चेतावनी दिए ।

‘फुली थपिने आशामा छात्रामाथि पुरुष सुरक्षाकर्मी लगाएर लाठीचार्ज, कति बहादुर डीएसपी । ओली सत्ताबाट गएको दिन, काँग्रेस सरकारमा आएको दिन तपाईंको फुली खोस्छौं,’ अध्यक्ष ढुंगानाले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>