Uncategorized

शिवरात्रिकी जयः सडकमा डोरी तान्दै,पैसा माग्दै बालबालिका !

Banner

चितवन फागुन ९-

आज देशभर महाशिवरात्रि पर्वको रौनक छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड छ । चितवनका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व धुमधामका साथ मनाईदै छ । आज बिहानैदेखि धर्मवलम्बीहरु नदी, कुण्ड र तलाउनमा स्नान गरी शिवालयमा गएर पूजा आराधना गरेका छन् ।

चितवनमा पनि शिवरात्रीमय वातवरण देख्न सकिन्छ । विशेषगरि सडकसडकमा डोरी टागेर बालबालिकाले शिवरात्रिकी जय भन्दै पैसा उठाइरहेको दृश्य देख्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय चितवनले कडाई गरेपनि बालबालिकाले बाटो छेक्न छाडेका छैनन् । बालबालिकाहरु रमाइरहेका त छन तर यसले दुर्घटनाको उच्च जोखिम छ ।

आज शिवरात्रीकै दिन डोरी टागेर पैसा माग्दै गर्दै दोलखा कालिञ्चोक गाउँपालिकामा यात्रुबहाक बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ठक्करबाट स्थानीय बालक पुजन थामीको मृत्यु भएको हो । व्यस्त सडकमा बच्चाहरुलाई बाटो छेक्न लगाउँदा ठूलो दुर्घटना हुनसक्नछ । त्यसैले बेलैमा सचेत बनौं ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>