समाचार

पशुपति क्षेत्रमा गाँजा खाने र पाकेट मार्न खोज्ने ४५ जना पक्राउ

Banner

काठमाडौँ, फागुन ९-

शिवरात्रिको अवसरमा आज पशुपति क्षेत्रमा दर्शनार्थीको बाक्लो उपस्थिति रहेको छ । शिवरात्रिमा पशुपति क्षेत्रमा दर्शन गर्नबाहेक गाँजा खान जानेको पनि बाक्लो उपस्थिति रहने गरेको छ ।

पशुपति क्षेत्रबाट गाँजा खाने, हुलदंगा गर्ने र पाकेट मार्न खोज्ने ४५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट आउने बाबाहरु खुलेयाम गाँजा विक्री गरिरहेको भेटिन्छन् । बाबाहरुलाई भने गाँजा सेवन गर्न कुनै प्रतिबन्ध गरिएको छैन तर अन्यको हकमा सेवन तथा विक्री वितरणमा रोक लगाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>