समाचार

सन्दिपले धुर्मुस-सुन्तली फाउण्डेसनलाई गरे रकम हस्तान्तरण

Banner

चितवन, फागुन ९-

लेग स्पिनर सन्दीप लामिछानेले निमार्णाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमका लागि सहयोग गरेका छन् ।

नेपाल-ओमान र अमेरिकाबीच भर्खरै सम्पन्न भएको त्रिपक्षीय खेलमा सन्दिप लामिछानेले आफुले लिने प्रत्येक विकेट वराबर रु ८८४८ को दरले निर्माणाधिं गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागी सहयोग गर्ने घोषणा गरेका थिए ।

चितवनमा धुर्मुस सुन्तली फाउन्डेशनले बनाइरहेको रंगशालाका लागि सन्दीप र उनका एजेण्टले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ प्रदान गरेका हुन् ।

नेपालमा बन्दै गरेको पहिलो अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको छ ।

रकम हस्तान्तरण पछि सन्दिपले भने,’हाम्रो र हामि जस्तै खेलाडीका लागि उहाहरुले यस्तो महान कार्य गरिरहनु भएको छ । विश्वभर चर्चारहेको विश्वको सर्वोच्च शिखर बराबरको प्रति विकेट रकम दिने घोषणा मैले गरको थिए। सोहि बाचा आज पुरा गर्न पाउदा निकै खुशी लागेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>