समाचार

सञ्चारमन्त्री बाँस्कोटाले भने – नैतिकताको आधारमा राजीनामा दिए

Banner

काठमाडौं, ८ फागुन-

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले राजीनामा दिएको जानकारी गराएका हुन् ।

“मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजनिामा दिएको जानकारी गराउँछु । धन्यवाद,” उनले भनेका छन् ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी प्राप्त भएको बताएका थिए ।

सेक्युरिटी प्रेस स्थापनाको प्रक्रियामा कमिसन मागेको अडियो रेकर्ड सार्वजनिक भएपछि बाँस्कोटामाथि राजीनामा दिन दबाब परेको थियो । बाँस्कोटाले बुधबार ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>