समाचार

तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको बस दुर्घटनामा मृत्यु

Banner

काठमाडौं, फागुन ८-

भारतको सलेम बेंगलारु नेशनल हाइवेमा बिहीबार बिहान बस दुर्घटना हुँदा तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गएको छ ।

सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ ।

घटनामा १८ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै गरेका उनीहरु विश्रामका लागि एउटा मन्दिरनजिकै बस रोकेर बसेका थिए । मध्यरातमा उक्त बसले युटर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएको हो ।

ज्यान गुमाउनेमा ५६ वर्षीय गोपाल तामाङ, ६० वर्षीय विष्णु दाहाल, ४६ वर्षीय वीरबहहादुर राई, ५० वर्षीय टीकाराम र ५० वर्षीया बेलुकारी चौधरीको नाम खुलेको छ ।घाइते भएका १८ जनाको स्थानीय अस्पताल मोहन कुमार मंगलम मेडिकल कलेजमा उपचार भैरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>