समाचार

काँग्रेसद्वारा मन्त्री बाँस्कोटाको राजीनामा माग्दै संसद अवरुद्ध

Banner

काठमाडौं, फागुन ८ ।

प्रमुख विपक्षी काँग्रेस सांसदहरुले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेका छन् । बिहीबारको बैठकमा काँग्रेस सांसदहरुले सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । र, कांग्रेसले उनलाई बर्खास्त गर्न माग गरेको छ ।

बैठकमा काँग्रेस सांसद जितेन्द्र देवले सञ्चारमन्त्री बाँसकोटाको राजीनामा, छानविन समिति गठन र घटनाबारे प्रस्ट धारणा प्रधानमन्त्रीले नदिएसम्म बैठक अघि बढ्न नसक्ने धारणा राखेका थिए ।

मन्त्री बास्कोटाको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>