राजनीति
गगन थापाले संसदमा सुनाए ‘स्वस्थानी कथा’

काठमाडौं, फागुन ६-
बालुवाटार जग्गा बिक्री प्रकरणमा अख्तियारले सरकारको छायाँमा बनेर काम गरेको भन्दै कांग्रेस सांसद गगन थापाले व्यंग्य गरेका छन् ।
नेपाली कांग्रेसका नेता गगन थापाले मंगलबार प्रतिनिधिसभाको बैठकमा स्वस्थानी ब्रत कथाको शैलीमा बालुवाटारको ललिता निवास जग्गा प्रकरणमाथि ब्यंग्य गरे ।
प्रतिनििधसभा बैठकको शून्य समयमा बोल्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा महासचिव विष्णु पौडेलमाथि व्यंग्य गरेका हुन् । उनले स्वस्थानी ब्रत कथाकै शैलीमा कथा सुनाउँदै व्यंग्य गरे ।
यस्तो छ संसदमा गगनले गरेको व्यंग्य
कुमारजी आज्ञा गर्नु हुन्छ । हे विष्णुमुनी । अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नु। थाहपाइ हाले होइन, होइन भन्नु। चित्त बुझाउन नसकेर अप्ठ्यारोमा परे हत्तपत्त सामान फर्काउनु र दुई पटक बिष्णु बिष्णु भन्नु। त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु र चार पटक बिष्णु बिष्णु भन्नु। त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्ने छैनन्। इति अख्तियार पुराणे कुमार बिष्णु संवादे। स्वस्थानी ब्रत कथायँ। बालुवाटार प्रकरणम् वर्णनाम् प्रथम अध्याय धन्यवाद!


























