राजनीति

महरा आजको संसद बैठकमा सहभागी होलान् कि नहोलान् ?

Banner

काठमाडौँ, फागुन ६–

प्रतिनिधि सभाको आज (म‌ंगलबार) बस्ने बैठकमा सांसदहरुले मन्त्रीलाई प्रश्न गर्ने कार्यक्रम रहेको छ ।

बलात्कार प्रयासको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई काठमाडौँ जिल्ला अदालतले सोमबार सफाइ दियो ।

अदालतबाट सफाइ पाएसँगै महराको सांसद पदको रोक्का सेवा सुविधा भने स्वतः फुकुवा भएको छ । तर आज (मंगलबार) दिउँसो एक बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महरा उपस्थित हुने/नुहुने विषयमा टुंगो लागेको छैन ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अदालतबाट सफाइ पाएसँगै महरालाई सांसदका रुपमा प्रतिनिधिसभामा भाग लिने बाटो खुलिसकेको बताउँछन् । तर महरा प्रकरणमा जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत जानै पर्ने भएकोले यो नै अन्तिम फैसला नहुने उनको भनाई छ ।

हाललाई भने महराले सांसदका रुपमा प्राप्त हुने सम्पूर्ण सेवा सुविधा र अधिकार उपभोग गर्न पाउने उनले बताए ।

विकास खर्च उल्लेख्य मात्रामा हुन नसकेको, जनताको अपेक्षाअनुसार मन्त्रालयहरुले काम गर्न नसकेको भन्दै जनगुनासो बढेकाेले यसबारे सांसदहरुले मन्त्रीलाई प्रश्न गर्दैछन् । संसदमा सबै मन्त्री उपस्थित हुन नसक्ने देखिएकाले सम्भावित कार्यसूची हट्नसक्ने सम्भावना पनि रहेकाे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>