राजनीति

व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फिर्ता ल्यायो,मन्त्रीले गाडिन् साइन बोर्ड

Banner

काठमाडौं,फागुन ४-

काठमाडौं महानगरपालिकामा व्यक्तिले हडपेको सरकारी जग्गा सरकारको मातहत ल्याइएको छ । महानगरको वडा नम्बर ३१ स्थित सहयोगी नगरमा रहेको १७ रोपनी जग्गा सरकारले आफ्नो माताहत ल्याएको हो ।

उक्त जग्गामा आइतबार भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले आइतबार ‘सरकारी जग्गा’ लेखिएको साइनबोर्ड गाडेकी छन् । बोर्ड राख्दै मन्त्री अर्यालले व्यक्तिको जग्गा सरकार मातहत ल्याउने कामको थालनीमात्र भएको बताइन् । ।

बोर्ड राख्ने क्रममा केही स्थानीयले विरोध समेत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>