राजनीति
बागलुङको जैमिनीमा काँग्रेसबाट निर्वाचित नगरप्रमुखले टेबलमा चढेर लिए सलामी

बागलुङ,फागुन ४-
बागलुङको जैमिनी नगरपालिकामा शनिवार सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिमा नगरप्रमुखले ग्रहण गरेको सलामीबारे सामाजिक संजालमा टीकाटिप्पणी भएको छ। नगरप्रमुख इन्द्रराज पौडेलले दाया बाया दुवैतर्फ जनप्रतिनिधि र कर्मचारीलाई राखेर सानो टेबलमाथि चढेको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाएको हो। प्रमुख पौडेल सलामी ग्रहणका लागि उक्त टेबलमा चेढेको नगरपालिकाले जनाएको छ। उनि नेपाली काँग्रेसबाट निर्वाचित नगरप्रमुख हुन् ।
तस्बिर सार्वजनिक भएपछि जैमिनी नगरवासीका साथै देश तथा विदेशमा रहेका नेपालीहरुले धारण राख्दै उनको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। पौडेलको तस्बिर फेसबुकमा पोष्ट गर्दै दिपक शर्माले लेखेका छन्, ‘राजा महाराजाभन्दा माथि अहिलेका नेताहरु हुन् कि आयोजकले यो गराएका हुन ? यदि योबाहेक अरु कुनै साधन उपलब्ध गराउन नसके पनि एउटा ढुङ्गा प्रयोग गरेको भए नेताज्युको यो फोटो फेसबुकमा भाइरल हुनपर्ने थिएन होला।’
तस्बिरबारे विभिन्न टीकाटिप्पणी भएपछि शनिवारनै नगर प्रमुख पौडेलले सामाजिक सञ्जालमार्फत प्रतिकृया दिएका छन्। उनले आफ्नो चाहनामा नभई खेलाडी तथा रेफ्रीको आग्रहमा त्यसो गरेको प्रष्टीकरण दिएका छन्। पौडेलले फेसबुकमा लेखेका छन्, ‘आज सामाजिक सञ्जालमा मेराबारेमा फैलाएका टीकाटिप्पणीबारे म गम्भीर छु । टेबुल मैले जान्दछु, त्यो मेरो रहर होइन ।
























