राजनीति

धार्मिक अन्धविश्वास हटाउन सरकारले स्वस्थानी व्रतकथाको पाना च्यातोस : सांसद यशोदा गुरुङ

Banner

काठमाडौं माघ २८-

नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले धार्मिक अन्धविश्वास हटाउन सरकारले स्वस्थानी ब्रतकथाको पुस्तकका पाना च्यात्नुपर्ने माग गरेकी छिन् ।
आज(मंगलबार) प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले महिलाले ब्रत गर्ने परम्परा रहेको ऋषी पञ्चमी र स्वास्थानी च्यात्न माग गरेकी हुन् ।

उनले छाउसँग जोडिएको धर्म संस्कृति र परम्परा भत्काउनुपर्ने बताउदै भनिन्– ‘के गाँउ के शहर सरकार, राजनीतिक दल, नागरिक समाज सबैको सशक्त खाँचो छ, छाउसँग जोडिएर आउने धार्मिक अन्धविश्वासहरु भत्काउन सकोस्, छाउ जस्ता संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रतकथा र ऋषीपञ्चमी ब्रतकथाका पानाहरु च्यात्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>