राजनीति

तरुण दलको नारा : ‘कठै अख्तियार, नेकपासामु लम्पसार’

Banner

काठमाडौँ, माघ२६-

नेपाल तरुण दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै दायर गरेको मुद्दाको विरोधमा प्रदर्शन गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ सङ्गठन तरुण दलले विरोध प्रदर्शन गरेको हो ।

तरुण दलको संयोजनामा काठमाडौँको माइतीघरबाट सुरु भएको विरोध प्रदर्शनमा अन्य भ्रातृ संस्थाका नेता कार्यकर्ताको पनि सहभागिता रहेको थियो ।

उनीहरुले ‘दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो, विभेद गर्न पाइँदैन, कठपुतली अख्तियार चाहिँदैन, कठै अख्तियार, नेकपासामु लम्पसार’ जस्ता नारा लगाएका थिए ।

माइतीघबाट सुरु भएको विरोध र्याली नयाँबानेश्वरसम्म पुगेको थियो । यसैगरी तरुण दलले देशैभरका जिल्ला सदरमुकाममा पनि विरोध प्रदर्शन गरेको छ ।

अख्तियारले नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेललाई जोगाएर गच्छदारलाई फसाएको काँग्रेसले आरोप लगाउँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>