Uncategorized

प्रधानमन्त्री ओली अस्वस्थ, नेकपा सचिवालय बैठक स्थगित

Banner

काठमाडाैं, माघ२६-

पार्टी एकताका बाँकी कामलगायतबारे छलफल गर्न आइतबार बिहान ११ बजे बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

आइतवार बिहान बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको हो । पार्टी एकताका बाँकी काम पूरा गर्न सचिवालय बैठक बस्ने तय भएको थियो ।

लामो समयदेखि मृगौलाले काम गर्न छोडेपछि प्रधानमन्त्री ओलीले नियमित डायलासिस गराउँदै आइरहेका थिए । शनिवार साँझ पनि उनको डायलासिस भएको थियो ।

सचिवालय बैठकमा उठाउने एजेण्डाबारे शनिवार पार्टीका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो ।

चिकित्सकले आराम गर्न दिएको सुझाव अनुसार आइतवार ‘सगरमाथा संवाद’ सम्मेलनमा प्रधानमन्त्री ओली उपस्थित भएनन् । नेपालले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवाद उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने तय भएको थियो ।

गत मङ्सिरमा एपेन्डिसाइटिसको अपरेशन गरेपछि प्रधानमन्त्री ओली निरन्तर चिकित्सकको निगरानीमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>