राजनीति

बालुवाटार जग्गा प्रकरणमा माधवकुमार र डा. बाबुरामलाई कारबाही हुनुपर्छः कृष्ण पहाडी

Banner

काठमाडौं,माघ २५-

मानव अधिकारवादी नेता कृष्ण पहाडीले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई समेत कारबाही हुनुपर्ने बताएका छन् । साथै नेपाली कांग्रेसले विजय गच्छदारको पक्षमा वकालत गरेकोमा आफूलाई दुःख लागेको पहाडीले बताएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै पहाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा गच्छदारसहित १७५ जनालाई मुद्धा चलाएको सन्दर्भमा न्याय निरुपणको कार्यमा सबैको सहयोग आवश्यक रहेको र ‘स्वतन्त्र न्यायालय’ बाट हुने निर्णयलाई स्वीकार गर्नुपर्ने बताएका हुन् ।

नेपालको लोकतान्त्रिक आन्दोलन र गणतन्त्र स्थापनामा नेपाल र भट्टराईको विशेष योगदान रहेपनि त्यही योगदानको आधारमा उनीहरुले उन्मुक्ति पाउन नहुने पहाडीको भनाइ छ । बालुवाटार जग्गा अनियमितता प्रकरणमा गहिरो अनुसन्धान र अध्ययनले पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको समेत संलग्नता छर्लङ्ग भएको दाबी पहाडीले विज्ञप्तीमार्फत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>