राजनीति
माधव नेपाललाई ललितानिवास प्रकरणमा जबर्जस्ती तानियोः विष्णु रिजाल

काठमाडौं,माघ २६-
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता विष्णु रिजालले कुख्यात ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई जर्बजस्ती तान्ने प्रयास भएको दाबी गरेका छन्। आज एक लामो स्टाटस लेख्दै रिजालले मन्त्रिपरिषद्को निर्णय प्रक्रिया, मौजुदा कानुनी प्रबन्ध र भएका निर्णयहरुलाई नकेलाएरै सिफारिश गर्ने मन्त्री र कर्मचारी दोषी, निर्णय गर्ने प्रधानमन्त्री निर्दोष हुन्छ र ? भन्दै प्रश्न गरेका छन् ।
जनमतलाई भ्रमित पार्ने, विषयवस्तुलाई तोडमोड गर्ने र मूल मुद्दाबाट ध्यान अन्यत्रै मोड्ने कोसिस भएको रिजालले दाबी गरेका छन्। बालुवाटारस्थित ललितानिवासको सार्वजनिक जग्गामा नक्कली मोही खडा गर्ने निर्णय पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकै पालामा भएको र उनलाई सत्तारुढ नेकपाले शक्तिको प्रयोग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबीनमा जोगाएको आरोप लागेको छ।
























