राजनीति

बालुवाटार जग्गा प्रकरण : काङ्ग्रेसको माईतीघरमा सडक आन्दोलन

Banner

चितवन,माघ २४-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणमा दोषी ठहरिएकाहरूलाई भ्रष्टाचार मुद्दा दायर गरेसँगै मिचिएको सरकारी जग्गा फिर्ता प्रक्रियासमेत सुरु भएको छ ।

नेपाली काङ्ग्रेसले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाग्रही भएको भन्दै सडक आन्दोलन सुरु गर्ने भएको छ ।

बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराउनेविरुद्ध मुद्दा चलाउँदा अख्तियारले सरकार निकटलाई उन्मुक्ति दिएको तर काङ्ग्रेस नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारलाई भने फसाएको दाबी गर्दै काङ्ग्रेसका भातृ तथा शुभेच्छुक संस्थाले शुक्रबार दिउँसो साढे १२ बजे काठमाण्डौको माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने जनाएका छन् ।

बालुवाटार जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता विष्णु पौडेलका छोरा नवीनलाई उन्मुक्ति दिएको तर गच्छदारमाथि राजनीतिक प्रतिशोध लिएर मुद्दा लगाएकाले विरोध गर्नुपरेको नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले जनाएको छ ।

यसैकाे विरोधमा काङ्ग्रेसले बिहीबार प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको थियो ।

प्रतिनिधि सभाको बैठक भने शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

अख्तियारले ‘हाइ प्रोफाइल’का व्यक्तिहरूलाई छानबिन गरी मुद्दा दायर गर्न नसकेको आरोप लागिरहेको अवस्थामा एकाएक ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्रीसहित तीन जना मन्त्री, तीन जना सचिवलगायत १ सय ७५ जना माथि मुद्दा दायर गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>