राजनीति

नेपालले चीनलाई एक लाख मास्क सहयोग गर्ने

Banner

काठमाडौं, माघ २३-

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजना अनुरूप समग्र तयारीमा जुट्न सम्बद्ध मन्त्रालय र निकायहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई उपत्यकाका चार ठाउँमा राख्न निर्देशन दिएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीहरूसहितको विशेष बैठकमा प्रधानमन्त्री ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई काठमाडौँ र भक्तपुरका चार स्थानमा राख्ने व्यवस्था गर्न माग गरेका हुन् ।

त्यस्तै बैठकले नेपालले १ लाख प्रोटेक्टिभ मास्क चीन सरकारलाई सहयोग स्वरुप उपलब्ध गराउने निर्णयसमेत गरेको प्रधानमन्त्रीको सचिवालय जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>