राजनीति
नेकपा महासचिव पौडेलका छोराले ललिता निवासको जग्गा फिर्ता गरे

काठमाडौं,माघ २३-
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेलले विवादित बालुवाटारको जग्गा फिर्ता गर्ने भएका छन् । ललिता निवासको सरकारी जग्गा फिर्ता गर्ने भएपछि महासचिव समेत रहेका पौडेविरुद्ध मुद्धा नचलेको हो । यस्तै, सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले समेत जग्गा फिर्ता गर्ने भएका हुन् । दुबै जनाले बालुवाटारमा रहेको आफ्ना नामको जग्गा सरकारलाई फिर्ता दिने भएपछि उनीहरूलाई भ्रष्टाचार मुद्दाको प्रतिवादी नबनाउने निर्णय गरिएको जनाइएको
उनीहरूले अनुसन्धान अधिकृत समक्ष गरेको बयान आयोगसमक्ष दिएको निवेदनमा ललितानिवास क्याम्पभित्र आफ्नो नाममा रहेका जग्गाहरू नेपाल सरकारलाई दिन मञ्जुर गरेकाले प्रतिवादी बनाउन आवश्यक नदेखिएको,अख्तियारको अभियोगपत्रमा भनिएको छ । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने प्रकरणमा जोडिएका पूर्वमन्त्रीदेखि व्यापारीसम्म गरी एक सय ७५ लाई अख्तियारले भ्रष्टाचारको आरोपमा बुधबार मुद्दा दर्ता गरेको छ ।
पौडेल र रेग्मीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउन अख्तियारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र समेत लेखेको छ ।
























