राजनीति

नेपालको संविधान उच्च कोटिको : जापान

Banner

काठमाडौँ, माघ२१-

प्रतिनिधिसभा सभामुखमा निर्वाचित अग्निप्रसाद सापकोटालाई नेपालका लागि जापानी राजदूत मासामिचो साइगोले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । सङ्घीय संसद् सचिवालयस्थित सभामुखको कार्यालयमा पुगेर राजदूत साइगोले जापानी, जापान सरकार र त्यहाँको संसद् डायटका तर्फबाट सभामुख सापकोटालाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका हुन् ।

भेटवार्तामा उनिहरुबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध पक्षमा विचारविमर्श भएको सभामुखको निजी सचिवालयबाट थाहा भएको छ । नेपालको आर्थिक विकासमा महत्वपूर्ण साझेदार जापानले खासगरी पूर्वाधार निर्माण, प्रविधि हस्तान्तरण र शिक्षाका क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । संसदीय प्रतिनिधिमण्डलबाट बेलाबेलामा हुने भ्रमणले दुई देशबीच छ दशक लामो सम्बन्धलाई थप प्रगाढ तुल्याउन योगदान पु¥याउँदै आएको विषयमा पनि उनिहरुले स्मरण गए थिए ।

भेटका अवसरमा सभामुख सापकोटाले नेपालको विकासमा जापानबाट प्राप्त निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गरे । राजदूत साइगोले केही समयअघि जापानी संसदीय महिला प्रतिनिधिमण्डबाट भएको नेपाल भ्रमणको प्रसङ्ग उल्लेख गर्दै नेपालको संविधान प्रगतिशील र समावेशिताका हिसाबले उच्च कोटिको रहेको प्रतिक्रिया आफूले पाएको बताए । यसअघि उनि सभामुखमा निर्वाचित हुनुभएकामा भारत र चीनका तर्फबाट बधाई ज्ञापन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>