राजनीति
सरकारलाई सांसदको प्रश्न– चीनमा रहेका नेपालीको अवस्था कस्तो छ, जानकारी चाहियो ?
०

काठमाडाैं, माघ२१-
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले कोरोना भाइसरको उपचारका लागि नेपालले गरेको प्रयासबारे सरकारको जनकारी माग गरेका छन् ।
मंगलवार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा नेपाली कांग्रेसका दिलेन्द्र बडू र दिव्यमणि राजभण्डारीले चीनबाट फैलिएको कोरोना भाइसरको प्रतिरोधका लागि सरकारको जवाफ माग गरेका हुन् ।
‘कोरोना नियन्त्रण गर्न नेपाल सरकारको योजना के छ ? उनीहरूको अवस्था कस्तो छ ? उद्धार उपचारका लागि योजना के छ ? सुरक्षित उपचारबारे जानकारी गराउन मााग गर्दछु,’ बडूले भने । सांसद राजभण्डारीले कोरोनाबाट प्रभावित बनेको चीनलाई सहयोग गर्नका लागि सरकारको ध्यानाकर्षण गराए ।
चीनको वुहानमा कोरोनाभाइरस संक्रमण फैलिएको छ। त्यहाँ रहेका करिब दुई सय जना नेपालीले आफूलाई उद्धार गर्न आवेदन फाराम भरे पनि सरकारले उद्धार गरेको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























