राजनीति
एमसीसी अध्ययन गर्न झलनाथ खनालको नेतृत्वमा कार्यदल गठन
०

काठमाडौँ -नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकमा विवादित मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का विषयमा चर्को विरोध भएपछि सचिवालयले अध्ययनका लागि कार्यदल गठनको प्रस्ताव गरेको छ ।
सचिवालयले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेको कार्यदल बनाएको हो ।
उक्त कार्यदल अनुमोदनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीमा प्रस्ताव गरेको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए । केन्द्रीय कमिटीको बैठक जारी रहेकै बेला त्यसलाई छलेर सचिवालयले कार्यदल बनाउने निर्णय गरेको हो ।
केन्द्रीय कमिटीले नै कार्यदल बनाउन प्रस्ताव गर्नुपर्नेमा सचिवालयले गरेको भन्दै केही सदस्य असन्तुष्ट देखिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























