राजनीति
आज माघ १९ : पूर्वराजा ज्ञानेन्द्रले ‘कु’ गरेको दिन

काठमाडौं, माघ १९ :
आज माघ १९ गते, तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘राजनीतिक कू’ गरेको कालो दिनको रुपमा स्मरण गरिँदैछ ।
नेपालको प्रजातन्त्रिका आन्दोलनमा कालो दिनको रुपमा आजको दिनलाई लिने गरीन्छ ।
पूर्वराजा शाहले २०६१ साल माघ १९ गते आजैका दिन प्रतिनिधिसभा विघटन गरी तत्कालीन समयमा पूर्वराजा ज्ञानेन्द्रले शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएकोले आजको दिनलाई ‘कालो दिन’को रुपमा लिने गरिएको हो ।
शाह आफैंले नियुक्त गरेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेका थिए । दरबार हत्याकाण्डलगत्तै राजा बनेका ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए ।
रेडियोमा समाचार रोक लगाउँदै सञ्चार गृहहरुमा तत्कालीन सरकारले सेना परिचालन गराइएको थियो । शाही कदमपछि जनयुद्ध गरिरहेको तत्कालीन विद्रोही माओवादी र संसदवादी दलहरु एकजुट भई राजतन्त्रविरुद्ध आन्दोलनमा होमिएका थिए । फलस्वरुप २०६२/०६३ को दोस्रो जनआन्दोलनको बलमा राजसंस्थाको अन्त्य भई मुलुकमा गणतन्त्र स्थापना भयो ।
राजसंस्था फालेर देशमा लाेकतन्त्र बहाली भएकाे १५ वर्ष पुग्दा पनि मुलुकमा जनचाहनाअनुसारकाे विकास र समृद्धि हुन सकेकाे छैन ।
त्यसपछि संविधान सभामार्फत संविधान बनाएर देश संघीय संरचना कार्यान्वयनतर्फ अघि बढिरहेको छ ।
























