राजनीति

यौन दुर्व्यवहारको आरोपमा एसएसपी सौरभ राणा निलम्बित

Banner

काठमाडौं, माघ १७-

संघीय प्रहरी इकाइ धरानमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।

संघीय प्रहरी इकाइ धरानमा कार्यरत् राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई निलम्बन गरिएको हो ।

यसअघि कात्तिकमा धरानकी एक महिला राणाविरुद्ध उजुरी लिएर गृह पुगेकी थिइन् ।

उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पीडित बनेको दाबी गरेकी थिइन् ।

राणाले आरोप अस्वीकार गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>