राजनीति

नेविसंघको अध्यक्षमा राजीव ढुंगाना

Banner

काठमाडौं –नेपाली कांग्रेसको भ्रातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा राजीव ढुंगानालाई नियुक्त गरिएको छ ।
नेविसंघको केन्द्रीय तदर्थ कार्यसमिति गठन गरिएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णयअनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेपाली कांग्रेसको भ्रातृ संस्था “नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति” को गठन पार्टी सभापति शेरबहादुर देउवाद्वारा देहाय बमोजिम गरेको नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार महामन्त्रीमा मनोज वैद्य र अर्को महामन्त्रीमा महेश्वरी कुँवरलाई नियुक्त गरिएको छ । त्यसैगरी यस कार्यसमितिले ६ महिनाभित्र १२ औं केन्द्रीय अधिवेशन सम्पन्‍न गर्नेसमेत निर्णय गरेको छ ।

तदर्थ समितिमा पदाधिकारी भएका व्यक्तिले आगामी अधिवेशनमा उमेदवार हुन नपाउने प्रावधान गरिएको छ । त्यसैगरी आगामी केन्द्रीय अधिवेशनमा ३२ वर्ष ननाघेका व्यक्तिलेमात्र भाग लिन पाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>