राजनीति

नेकपाले गर्‍यो तुङ्बाहाम्फेलाई केन्द्रीय सदस्यमा मनोनित

Banner

काठमाडौं, माघ १५

नेपाल कम्युनिष्ट पार्टीले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

पूर्व उपसभामुख समेत भइसकेकी सांसद शिवमाया तुङ्बाहाम्फेलाई नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको हो । मंगलबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको स्रोतले जनाएको छ ।

नेकपा केन्द्रीय समिति बैठक बुधबार बिहान ११ बजे सुरु हुँदैछ ।

यही केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । केन्द्रीय सदस्य बनेपछि आजको बैठकमा सहभागी हुन तुम्बाहाङ्फेलाई बाटो खुलेको छ ।

शिवमायाले उपसभामुख बनेपछि पार्टी सदस्यता त्याग गरेकी थिइन् । सभामुख र उपसभामुखपदमा निर्वाचित भएपछि दलगत आवद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधान छ ।

पार्टीले केन्द्रीय सदस्य मनोनित गरेपछि आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा उनले भाग लिन पाउने छिन् ।

उनी एकीकरण भएर नेकपा बन्नु अघि एमालेकी केन्द्रीय सदस्य थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>