देश/प्रदेश

प्रतिनिधिसभा बैठक बस्दै : विभिन्न विवादित विधेयक पारित गराउने दाउमा नेकपा

Banner

काठमाडौं, माघ १४-

संघीय संसद प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ ।

सभामुखमा अग्नि सापकोटा निर्वाचित भएपछि पहिलो पटक उनको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

आजको बैठकमा प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्‍निप्रसाद सापकोटालाई बधाइ तथा शुभकामना दिने कार्यक्रम तय भएको छ ।

यस्तै, बैठकमा प्रधानमन्त्री केपी ओलीले न्याय परिषद् र न्याय सेवा आयोगका आ.व. ०७५/०७६ को वार्षिक प्रतिवेदन पेश,लोक सेवा आयोगको आ व ०७५/०७६ को वार्षिक प्रतिवेदनलगायतका प्रतिवेदन पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

यसअघि सभामुख नहुँदा प्रतिनिधिसभाको बैठक पटक-पटक स्थगित हुँदै आएको थियो । तत्कालिन सभामुख कृष्णबहादुर महरा बलात्कार अभियोगमा कारागार गएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त थियो ।

विधेयक अधिवेशनको रुपमा लिइने यो हिउंदे अधिवेशनले थुप्रै विधेयकहरु पारित गर्नुपर्ने छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विवादित बनेका केही विधेयकहरु पारित गराउने रणनीतिमा छ ।

आज दिउँसो १ बजे राष्ट्रियसभाको बैठक पनि बस्दैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>