राजनीति

नेपाली काँग्रेसका विद्यार्थी नेताबिच कुटाकुट,दुई जना घाइते

Banner

काठमाडौं -नेपाली काँग्रेसको नेपाल विद्यार्थी संघका बिद्यार्थीबीच झडप भएको छ।

पार्टी कार्यालय सानेपामा बिद्यार्थीबीच झडप भएको हो।

 पार्टीको केन्द्रीय समितिको बैठकका लागि पार्टी सभापति देउवा सानेपा पुग्नेवित्तिकै झडप भएको हो। झडपमा परी दुई जना विद्यार्थी घाइते भएका छन्।

कार्यालयमा सभापति देउवा आइपुग्नसाथ संस्थापन पक्षका विद्यार्थी र कुन्दन काफ्ले पक्षका विद्यार्थी बीच झडप भएको हो।

पूर्व महामन्त्री काफ्ले समूहले पार्टीले विधान लत्याएको भन्दै देउवाविरुद्ध खबरदारी गरेका थिए। नेविसंघको २०७५ मा भएको सातौं संसोधनमा सदस्य हुन ३२ वर्षमुनिको हुनुपर्ने व्यवस्था छ।
पार्टीले विधानलाइ लत्याएर ५० वर्षमाथिका राजीव ढुंगानालाइ नेविसंघको सभापति वनाउन लागेको भन्दै उनीहरुले विरोध गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>