राजनीति

नवनिर्वाचित सभामुख सापकोटाले लिए शपथ

Banner

काठमाडौँ ,माघ १३-

नवनिर्वाचित सभामुख अग्‍निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायता उच्च ओहोदाका व्यक्तिहरु शपथ ग्रहण समारोहमा सहभागी थिए।

प्रतिनिधि सभाको १२ माघको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।

सापकोटाले सभामुखको शपथ लिएसँगै चार महीनादेखिको सभामुखविहीन प्रतिनिधि सभामाले नयाँ सभामुख पाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>