राजनीति

सभामुखमा निर्वाचित अग्नि सापकोटाले आज सपथ लिने

Banner

काठमाडौं, माघ १३

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आज राष्ट्रपतिबाट सपथ लिँदै छन् ।

बिहान ११ बजे राष्ट्रपति कार्यालयमा उनको सपथ ग्रहण समारोह हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

सापकोटा प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतले सभामुख निर्वाचित भएका हुन् । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा दुई पटक मन्त्री भैसकेका छन् ।

उनलाई नेकपाले सभामुख बनाउने निर्णय गरेपछि राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले राजिनामा दिएका थिए ।

सभामुख निर्वाचित भएपछि संसद भवनबाट बाहिरिने क्रममा सापकोटाले आफूले लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्ने बताए । ‘लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्न जनताको सार्वभौम संस्थाको ओज, गरिमा कायम राख्न तटस्थ निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्न सधैंभरि लागि रहनेछु’, सापकोटाले भने ।

सभामुख निर्वाचित भएपछि आफूबारे अदालतमा रहेको मुद्दाबारे भने सापकोटा मौन रहे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>