देश/प्रदेश
सापकोटालाई सभामुख बनाइएको भन्दै चित्रबहादुर केसीको विरोध
०

काठमाडौँ, माघ १२-
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपाको प्रस्तावमा अग्निप्रसाद सापकोटालाई सभामुख बनाइएकोप्रति विरोध जनाएका छन् ।
उनले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राष्ट्रिय जनमोर्चाले यसलाई गलत मानेको छ र त्यसको लागि विरोध गर्ने निर्णय गरेको छ । ज्यानसम्बन्धी मुद्दाको आरोप लागेका सापकोटालाई सत्ताको दबाबको कारण उनी उपर उजुरी प्रहरीले दर्ता नगरी कानुनको गम्भीर उल्लंघन भएको छ ।’
सर्वोच्चमा परेको रिटको पेसी बारम्बार सारेर त्यस सम्बन्धी न्यायोचित कारबाहीलाई अवरुद्ध गर्ने काम भएको भन्दै केसीले त्यस प्रकारको पृष्ठभूमिमा सापकोटालाई सभामुख पदमा निर्वाचित गरिनु गलत भएको बताएका छन् । आइतबारै सापकोटा प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भइसकेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























