राजनीति
अग्नि सापकोटालाई सभामुख नबनाउन मागसहित सर्वोच्चमा रिट
०

काठमाडौं -सभामुखका एक्ला उम्मेदवार अग्नि सापकोटालाई सभामुख बनाउन नहुने मागसहित सर्वोच्च अदालतमा रिट परेको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटाविरुद्ध रिट दायर गर्दै तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरेका छन् ।
काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । मुद्दाको पेसी भने यही माघ २२ गतेका लागि तोकिएको छ ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले दायर गरेको रिटमा सापकोटालाई सभामुख निर्वाचित नगर्न र तत्काल गिरफ्तार गर्नुपर्ने जिकिर गरिएको छ । सापकोटा सभामुखका एक्ला उमेदवार हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























