राजनीति

बाग्मती प्रदेशमा मन्त्रीमण्डल विस्तार भएको छैनः प्रवक्ता कैलाश ढुङ्गेल

Banner

हेटौंडा, माघ, १० –

बाग्मती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले बाग्मती प्रदेश सरकार विस्तार भएको भन्ने खबरको खण्डन गर्नुभएको छ । विभिन्न सञ्चारमाध्यमहरुमा प्रदेश सरकार विस्तार भएको तथा विभिन्न मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएको भन्ने खबर प्रकाशित र प्रसारित भएपछि मन्त्री ढुङ्गेलले उक्त खबरको खण्डन गर्नु भएको हो । “आजको मितिसम्म बाग्मती सरकारको मन्त्री मण्डलमा विस्तार गर्ने वा हुने बिषयमा कुनैपनि निर्णय भएको छैन” प्रवक्ता ढुङ्गेलले भन्नुभयो ।

भोली के हुन्छ अलग कुरा हो तर, आजका मिति सम्म त्यस्तो कुनै निर्णय भएको छैन उहाँले भन्नुभयो । प्रदेश सरकार विस्तार भएको भन्ने समाचार शतप्रतिशत गलत रहेको र यस सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुमा आएको समाचार झुठो भएकोले हल्लाको पछि नलाग्न अनुरोध गर्दछु अनुरोध गर्दछु उहाँले भन्नुभयो । सरकारले मन्त्रीमण्डल पुनर्गठन, थपघट वा बिस्तार को सन्धर्भमा कुनै पनि परामर्श वा छलफल गरिएको भन्ने खबर पूर्णरुपमा गलत छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>