नवलपुर

नवलपुरमा गल्फ प्रतियोगिता हुने,३३ खेलाडी सहभागी हुने

Banner

नवलपुर,माघ ८-

पर्यटन प्रवद्र्धन गर्नका लागि नवलपुरमा रहेको टेम्पल टाईगर रिसोर्टले गल्फ प्रतियोगिता गर्ने भएको छ । नवलपुरको दुम्कौलीमा रहेको सीजी गल्फ रिट्रेटमा माघ १८ गते प्रतियोगिता गरिने बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।

भ्रमण वर्ष २०२० को अवसर पारेर खेललाई पर्यापर्यटनसँग जोड्नका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको टेम्पल टाईगरका कार्यकारी अध्यक्ष वसन्त मिश्रले जानकारी दिए । विश्व स्तरमा परिचित गल्फ प्रतियोगिताले पर्यटक भित्र्याउनका लागि केही मद्दत पुग्ने मिश्रको भनाइ छ । एक दिने प्रतियोगितामा नेपालका ३३ खेलाडी ले नाम दर्ता गराएका छन् ।

यस प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी समावेश हुनेछन् । काठमाडाँै, पोखरा, धरानका खेलाडीले सहभागिता जनाउने क्याप्टेन सुधीर राईले जानकारी दिए । प्रतियोगिता १८ होलमा २४ हेन्डीक्याम्प स्टेबलफोर्ड फर्मयाटमा खेलाइने क्याप्टेन राईले बताए ।

गल्फ एक्लै समेत खेल्न मिल्ने खेल भए पनि चार जनाको समूहमा खेल सञ्चालन हुनेछ । गल्फ प्रतियोगिता नेपालमा कम लोकप्रिय भए पनि यो खेलबाट नेपालमा पर्यटक भित्र्याउन सके देशलाई फाइदा हुने उनको भनाइ छ । दुम्कौलीमा सीजी ग्रुपले अन्तर्राष्ट्रिय स्तरको खेल मैदान निर्माण गरेको छ । यहाँ स्थानीय स्तरका खेलाडीलाई निःशुल्क खेल्न दिने गरेको सीजी गल्फ रिट्रेटका व्यवस्थापक डिल्ली पौडेलले जानकारी दिए । यहाँ भारत, मलेसिया, भुटानबाट गल्फ खेल्नका लागि आउने गर्दछन् । तर, स्थानीय स्तरमा प्रचार प्रसार कम हुँदा नेपालमा खेलाडी उत्पादन गर्न नसकिएको पौडेलले गुनासो गरे ।

स्थानीय स्तरका खेलाडी उत्पादन गर्नका लागि उनीहरुलाई निःशुल्क रुपमा खेल मैदान उपलब्ध गराउने गरेको छ । उनका अनुसार नेपालमा ती देखि चार सयको हाराहारीमा गल्फका खेलाडी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>