राजनीति

उपसभामुख तुम्बाहाङ्फेद्वारा राजीनामाको घोषणा

Banner

काठमाडौं माघ ६

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामाको घोषणा गरेकी छन् । उनले सोमबार बसेको संसद बैठकमा सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले मार्गप्रशस्त गर्न लागेको घोषणा गरिन् ।

छोटो समय सम्बोधन गरेकी उपसभामुख तुम्बाहाङ्फेले प्रतिनिधि सभाको सभामुख पद अप्रत्यासित र अश्वभाविक कारणले रिक्त रहेको र सभामुख नहुँदा जटिलता थपिएको बारेमा जानकार रहेको भन्दै संसदको ठुलो दलले सभामुखमा दावा गरेकाले आफुले सहजीकरण गर्न लागेको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>