देश/प्रदेश
बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति
०

सिन्धुली, माघ १-
सिन्धुलीको घ्याङलेख गाउँपालिकामा बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिबापत रु १० लाख ५० हजार प्रदान गरिएको छ ।
डिभिजन वन कार्यालय मरिणले रु १० लाख र घ्याङलेख गाउँपालिकाले रु ५० हजार गरी कूल रु १० लाख ५० हजार प्रदान गरेको डिभिजन वन कार्यालय मरिणका डिभिजन प्रमुख लोकराज नेपालले जानकारी दिए । गाउँपालिका अध्यक्ष जगत् भोलन तथा वडाध्यक्ष विष्णु कर्माचार्यको रोहवरमा मृतककी पत्नी लिलिमाया घिसिङलाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले क्षतिपूर्तिवापत सो रकम प्रदान गरे हो ।
जङ्गली बँदेलको आक्रमणबाट २०७६ भदौ १४ गते स्थानीयवासी ३७ वर्षीय कृष्णबहादुर घिसिङको मृत्यु भएको थियो । आफ्नै बारीमा बाली खान आएका धपाउने क्रममा बँदेलको आक्रमणबाट घिसिङको ज्यान गएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























