देश/प्रदेश

चीनमा सार्वजनिक बस दुर्घटनामा १० बेपत्ता , १५ घाइते

Banner

छिनिङ पुस २९-

चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने क्विन्घाई प्रान्तमा भएको घटनामा परी कम्तीमा १० जना बेपत्ता भएका छन् ।
स्थानीय अधिकारीहरुले मंगलबार विहान दिएको जानकारीअनुसार सोमबार भएको सडक दुर्घटनामा परी अरु १५ जना घाइते पनि भएका छन् ।

स्थानीय समयानुसार बेलुका ५.३० बजे नान्डाजी सडकमा दुर्घटना भएको हो । एउटा सार्वजनिक बस सडकबाट तल खसेर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।
अहिले दुर्घटना भएको नान्डाजी भन्ने ठाउँमा अत्यधिक धेरै सवारी साधनको चाँप हुने गरेको छ । दुर्घटनामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् । यसअघि स्थानीय अधिकारीहरुले दुई जना मात्र बेपत्ता भएका र १३ जना घाइते भएका बताएका थिए ।
घाइते भएकाहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ भने कसैको पनि अवस्था चिन्ताजनक नरहेको जनाइएको छ । रासस÷सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>