देश/प्रदेश

प्रदेश ३ को राजधानी हेटौँडा घोषणा

Banner

काठमाडौं पुस २७-

प्रदेश ३ को स्थायी राजधानी हेटौँडा कायम भएको छ ।

आइतबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री डोरमणि पौडेलद्वारा गरिएको प्रस्तावलाई दुई तिहाइभन्दा बढी मतले अनुमोदन गरेको हो ।

मुख्यमन्त्री पौडेलले प्रदेश ३ को स्थायी राजधानी हेटौँडा कायम गर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावको पक्षमा १०५ मत परेको थियो । प्रस्तावको विपक्षमा ३ मत मात्र खसेको थियो ।

प्रदेशसभाका कुल ११० सांसदमध्ये प्रस्तावमाथि मतविभाजन हुँदा बैठकमा १०८ सांसद उपस्थित थिए ।

प्रदेशसभाको दुई तिहाई मतले प्रदेशको नाम र स्थायी राजधानी कायम गर्ने संवैधानिक प्रावधान छ ।

सभामुख सानुकुमार श्रेष्ठले राजधानी हेटौँडा हुनुपर्छ भन्ने प्रस्तावको पक्षमा बैठकमा कायम कुल सदस्यको दुई तिहाई मत रहेकाले उक्त प्रस्ताव दुई तिहाईले पारित भएको घोषणा गरे ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>