देश/प्रदेश

हेटौँडा र वाग्मतीका पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी

Banner

हेटौँडा, पुस २७-

प्रदेश नं ३ को राजधानी हेटौँडा र नाम वाग्मती राख्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच एकमत देखिएका छन् ।
ती दलका आज विहान यहाँ बसेको संसदीय दलको अलग अलग बैठकले राजधानी हेटौँडा र नाम वाग्मतीका पक्षमा मतदान गर्न आफ्ना सदस्यलाई ह्वीप समेत जारी गरेका छन् ।

प्रदेशसभामा विवेकशील नेपाली दल र विवेकशील साझाले राजधानीमा काभ्रेको धुलिखेल प्रस्ताव दर्ता गरेपछि नेकपा र काँग्रेसले ह्वीप जारी गरेका हुन् ।

नेकपा प्रदेश नं ३ का संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले दलको निर्णयविपरीत नगर्न बैठकमा निर्देशन दिएको बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले जानकारी द्एि ।

काँग्रेस प्रदेश नं ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आफ्नो पार्टीले हेटौँडा र वाग्मतीका पक्षमा मतदान गर्ने जानकारी दिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>