देश/प्रदेश
आफैलाई कन्चटमा गोली हानी प्रहरी हबल्दारद्धारा आत्महत्या
०

जाजरकोट, पुस २७-
जाजरकोटमा एक प्रहरी हवल्दारले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् ।नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतले आफैलाई गोली हानेर आत्महत्या गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
कठायत बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत रहेको प्रमुख जिल्ला अधिकारी पन्तले बताए। उनले घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























