नवलपुर

प्रसौनीमा स्वास्थ्य प्रवद्र्धन अभियान

Banner

ज्ञानु पँगेनी

नवलपुर, पुस १८–

स्वास्थ्य जिवनयापनका लागी स्वास्थ्य प्रवद्र्धन अभियानको बारेमा अभिमुखीकरण कार्यक्रम शुक्रबार मध्यविन्दु नगरपालिका–१५ प्रसौनीमा भएको छ । सरकारले सुरु गरेको ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ नारा सहितको अभियानलाई सफल बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

स्वास्थ्य कार्यालय नवलपरासी पूर्वको आयोजनामा भएको सो कार्यक्रममा विशेष गरी नसर्ने रोगहरुका बारेमा जानकारी गराईएको थियो । पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोगका कारणले मानिसको मृत्युदर वृद्धि भएकाले नसर्ने रोगका बारेमा हेलचेक्र्याइ गर्न नहुने सन्देश दिन कार्यक्रम आयोजना गरिएको स्वास्थ्य कार्यालयका ल्याब असिस्टेन्ट राम सिंहासन कुशवाहाले जानकारी दिए ।

यो अभियान नवलपुरमा पुस ६ गतेबाट सुरु गरिएको हो । जिल्ला प्रशाशन कार्यालयबाट सुरु गरिएको अभियान जिल्लाका आठ वटै स्थानीय तहमा संचालन गरिने कुशवाहाले जानकारी दिए । मध्यविन्दु, बौदीकाली र बुलिङ्गटारमा कार्यक्रम सम्पन्न गरिएको उनले बताए ।

कार्यक्रममा रक्सी चुरोट नखानेदेखि नियमित व्यायाम गर्ने समेतका ५ बुँदामा सहभागीलाई प्रतिबद्धता गराईएको थियो । सरकारले दिने स्वास्थ्य सेवाको विस्तारसंगै सर्वसाधारणलाई पनि आफ्नो स्वास्थ्यप्रति सजग बनाउने अभियानको उद्देश्य रहेकाले स्थानीय जनप्रतिनिधि, नागरिक समाज, शिक्षक, सरोकारवाला, स्वास्थ्यकर्मी, क्लबका प्रतिनिधि, समाजसेवीलगायत गरी करीब ४० जनालाई अभिमुखीकरण गरिएको कुशवाहाले जानकारी दिए । सहभागी भएकाहरुले आफूले सिकेको कुरा नसर्ने रोग र नियमित व्ययामका बारेमा घरपरिवार र समाजलाई पनि जानकारी गराउने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा नसर्ने रोगहरुका बारेमा ल्याब टेक्निसियन डिल्लीराम तिवारीले जानकारी गराएका थिए भने ‘मेरो वर्ष’ अभियानका बारेमा ल्याब असिस्टेन्ट कुशवाहाले जानकारी गराएका थिए । भिडियो मार्फत् विभिन्न रोगहरुका बारेमा ल्याब असिस्टेन्ट खरेल प्रसाद चौधरीले सहजीकरण गरेका थिए । यस्तै योग अभ्यासका बारेमा छविलाल सुवेदीले प्रयोगात्मक रुपमा अभ्यास नै गराएर योगका फाईदाहरुका बारेमा समेत जानकारी गराएका थिए ।

पछिल्लो समयमा ६० प्रतिशत मानिसको मृत्यु नसर्ने रोगहरुबाट हुने गरेको तथ्याङ्क आएको हुँदा, खानपान, जिवनशैलीमा ध्यान नदिने हो भने क्यान्सर, मधुमेह, उच्च रक्तचापलगायतका रोगहरुबाट ग्रस्त भएर युवा उमेरमै रोगी बन्नुपर्ने अवस्था सृजना हुने कार्यक्रममा जानकारी गराईएको थियो ।

वडा अध्यक्ष जोगबहादुर थारुको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा सचिव भोलानाथ आचार्य, कार्यक्रमका फोकल पर्सन लिला वल्लव पाण्डेलगायतको सहभागीता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>